उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजन

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
 
 सरकारले कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ । 
 
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
 
उनले सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारको लागि अनुदान दिइने बताए । २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस्तै सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गरिने गरिने भएको छ ।
 
खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब विनियोजन गरिएको छ । यस्तै किसान क्रेडिट कार्डको अवधारण सुरु हुने र एपमार्फत किसानलाई मूल्यबारे जानकारी गराइने मन्त्री खतिवडाले जानकारी दिए ।
 
 
उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ ।