Trending :
 

मेलम्चीको पानी आगामी आर्थिक वर्षको सुरुवातमै काठमाडौं आइपुग्ने,५ अर्ब ४६ करोड विनियोजन

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
 
सरकारले आगामी आर्थिक वर्षको सुरुवात बाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने भएको छ ।
 
अर्थमन्त्री युवराज खतिवडाले संसदमा ०७७/०७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी वितरण गर्न बजेटको व्यवस्था गरिएको बताएका हुन् ।
 
सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षभित्र नै मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरिने पनि मन्त्री खतिवडाले बताएका छन् ।
 
यस्तै, काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरेको मन्त्री खतिवडाले बताए ।