Trending :
 

हुलाकी राजमार्गका लागि साढे ७ अर्ब १ करोड रुपैयाँ विनियोजन

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड बजेट छुट्याइएको जानकारी दिएका हुन् । यो आयोजना ३ वर्षभित्र बनाइसक्ने बजेटमा उल्लेख छ ।
 
२९ वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडकले अझै गति लिन सकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणको लागि औपचारिक सम्झौता भयो ।
 
तर, ‘भारतले बनाइदिन्छ’ भनेर बस्दाबस्दै वर्षौं बितेपछि सरकार आफैंले काम थालेको यो हुलाकी राजमार्गमा अझै पनि खासै प्रगति छैन ।