Trending :
 

ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब विनियोजन

विद्युत् उत्पादन नगर्नेको लाइसेन्स खारेज गरिने:

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
विद्युत् आयोजनाको लाइसेन्स लिएर पनि उत्पादन गर्नेहरुको लाइसेन्स खारेज गरिने भएको छ । 
 
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । उनले आगामी वर्ष विद्युत् प्राधिकरणको संगठनात्मक परिमार्जन गरिने पनि बताए । नेपालको पानी जनताको लगानी अभियानलाई जारी राख्‍ने भन्दै आगामी दुई वर्षभित्र उज्यालो नेपाल अभियान सम्पन्‍न गरिने बताए । 
 
उनले आगामी दुई वर्षभित्र आधुनिक ऊर्जाको प्रयोग पुर्‍याइने भन्दै ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब र वैकल्पिक ऊर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड विनियोजन गरिएको बताए ।