Trending :
 

कोरोनासँगै अब नयाँ प्रकोपका लागि हामी तयार हुनुपर्छः डब्ल्यूएचओ

जेठ १६,२०७७

-

जेठ १६,२०७७ काठमाडौं ।
विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोभेल कोरोना भाइरस समाप्त भइ नसकेको उल्लेख गर्दै नयाँ प्रकोपका लागि तयार हुनुपर्ने जनाएको छ । 
 
डब्ल्यूएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले भने, नोभेल कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भइरहेको छ । त्यसकारण हामी नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
 
उनले लकडाउन खुकुलो भए पनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताए । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्नुपर्ने उनले बताए । बीबीसी