चर्चित पत्रकार त्रिपाठी भन्छन्, ‘लकडाउन सबैभन्दा आत्मघाती’

जेठ १८,२०७७

-

काठमाडौं । सरकारले चैत ११ गतेदेखि लगातार लकडाउन लगाएको छ । कोविड–१९ वाट बच्न भन्दै सरकारले लगाएको लकडाउनलाई शुरुका दिनमा जनताले स्वीकारेका थिए । तर, जब सरकारले लकडाउनसंगै गर्नुपर्ने अन्य काम, कर्तव्य र जिम्मेवार पुरा गरेन, तब जनतामा लकडाउनप्रति आक्रोष बढ्दै गयो । पछिल्लो पटक थपिएको लकडाउनप्रति नागरिकले खुल्ला रुपमा विरोध गर्न थालेका छन् । जन आक्रोष छ, ‘सरकारले आफ्नो सत्ता लम्ब्याउन मात्र लकडाउन लगाएको हो, जनताको सुरक्षाका लागि होइन ।’ अहिले लाखौं जनताले यो लकडाउनको विरोध गरिरहेका छन् । 
 
यसै क्रममा धेरै सामाजिक विषयवस्तु र गहन लेखनमा दक्ष एकजना पत्रकार विनोद त्रिपाठीले लकडाउनको बारेमा खुलेर आफ्ना अभिव्यक्ति सार्बजनिक गरेका छन् । उनको यो लकडाउनको विचारमा लाखौं जनताले साथ दिएका छन् । लकडाउनको औचित्य, आवस्यकता र यसले पार्न सक्ने दुरगामी प्रभाव बारेमा पत्रकार त्रिपाठीले सामाजिक संजालमा व्यक्त विचार जस्ताको तस्तै । 
 
       हे सरकार ।  नेपालको वस्तुस्थिति, कोरोनाको प्रकृति, विभिन्न देशको अध्ययन, विश्व स्वास्थ्य संगठनको षडयन्त्र बुझेर यहि जेठ २० गतेदेखि लकडाउन खारेज गर । 
 आज भारत सरकारले यहि जेठ २६ गतेदेखि अनलकडाउनको प्रणाली अपनाएर जाने निर्णय गरेको छ । जसअनुसार, २६ गतेदेखि भारतमा होटल रेष्टुरेण्ट, पसल, डिपार्टमेण्ट आदि खुल्नेछन् । यसको सात दिनपछि शैक्षिक संस्था, त्यसको पनि सात दिनपछि सबै यातायात र अर्को सात दिनपछि सम्पुर्ण लकडाउन हटाउने आजै निर्णय गरेको हो । चरणबद्ध रुपमा एक महिना भित्र सबै लकडाउन हटाउने निर्णयमा भारत पुगिसकेको छ । 
 
 तर, नेपालको अवस्था भारतको भन्दा भिन्न छ । नेपालले पुरै लकडाउन हटाउनेगरि निर्णय गर्नुपर्छ । यसका लागि स्पेन र इटलीको प्रणाली अपनाउन सकिन्छ । बाहिरवाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने, कोरोना भाइरस देखिएका स्थानलाई मात्र सिल गर्ने, अनिवार्य माक्स प्रयोग गर्ने, ठुला समारोह आमसभा रोक लगाउने, भारतको सिमानामा अझ कडाइ गर्ने, भारत र अन्य देशमा रोकिएकालाई ल्याएर क्वारेन्टाइनमा अनिवार्य राख्ने र सामाजिक दुरीलाई सभ्य तरिकाले कार्यान्वयन गराउने । यति गरेपछि लकडाउनको कुनै आवस्यकता छैन । 
 विश्व स्वास्थ्य संगठनको सुचनालाई विश्वास गर्ने आधार सकिएको छ । यसको लहलहैमा लागेर अब सुचना, प्रचार र साबधानीका बिषयमा सरकारले अतिरन्जित गर्न बन्द गर्नुपर्छ । जनताले पनि यस्ता
 
सुचनाहरु अनावस्यक प्रचारमा बन्द गर्नुपर्छ । अब हरेक नागरिकलाई थाहा भइसकेको छ कि कोरोना भाइरस कसरी सर्छ, यसको साबधानी के हो भन्ने । त्यसैले, अनावस्यक प्रचार गरेर नागरिकलाई तनाव दिने काम सबैले बन्द गरौं । कोरोना क्याप्सुल, अटेरी, एकान्तबास जस्ता डरलाग्दा शब्दहरु प्रयोग गरेर एफएम रेडियो लगायतका मिडियाले जनतामा झन भयभित पारेका छन् । यो कार्य तुरुन्त संचार मन्त्रालयले रोक्नुपर्छ । झन सरकारी रेडियो भनिएको रेडियो नेपालले दिने समाचार, कार्यक्रम र सुचना रोगका मात्र छन् । रेडियो नेपाल जस्तो सरकारी संचारमाध्यमले कोरोनाको सन्त्रास फैलाउनु अचम्म लाग्दो बिषय हो ।  संसारभरका मिडियाहरुले अन्य बिषयका समाचारहरु दिएर बिषयान्तर गरिरहेका छन् । तर, हाम्रा मिडियामा कोरोना बाहेक केहि सुनिंदैन । यो मनोवैज्ञानिक त्रास फैलाउने काम तुरुन्त रोक्नुपर्छ । 
 

अमेरिकाको एउटा अनुशन्धानले भनिसकेको छ, कोरोना भाइरस ११ दिनपछि कसैलाई सर्देन । यो बिषयमा अनुशन्धान चलिरहेको छ । नेपालमा पनि कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका बिषयमा सन्देहात्मक विवरणहरु वाहिर आउन थालेका छन् । ति महिलाको कोरोना भाइरसबाट मृत्यु भएको हो भने काखमा रहेको शिशुमा, संगै बसेका परिवारका सदस्यमा किन कोरोना भाइरस सरेन ? यी प्रश्नका उत्तरको खोजी अहिले चलेको छ । क्वारेन्टाइनमा मृत्यु भएका अर्का युवकको मृत्युमा पनि धेरेको प्रश्न उठेको छ । कोरोना भाइरसबाट क्वारेन्टाइनमा राखेको व्यक्ति मृत्यु भएको उदाहरण विश्वमा कहिं छैन । कोरोना भाइरसबाट उपचारकै क्रममा मृत्यु हुने गर्छ । कसैलाई कोरोनाले छुने वित्तिकै मर्ने पनि होइन । नेपालगंजमा मृत्यु भएका युवकको विषयमा पनि कुनै सत्यता नभएको आशंका बढेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको मृत्यु भएको छैन वा हाम्रो परिक्षण विधी पुरै असफल छ भन्ने मेडिकल विज्ञहरुले प्रश्न उठाएका छन् । 

 
 
 कोरोना अव कहिल्यै नियन्त्रण नहुने सिद्ध भइसकेको छ । यसबाट साबधानी अपनाउने मात्र हो । नेपालमा हालसम्म देखिएका संक्रमित भारतवाटै आएका र एकाध मात्र एकबाट अर्कोमा सरेका हुन् । कोरोनाले मृत्यु भएका भनिएका ७ जना पनि खास प्रमाणित भएका छैनन् । किनकी विरामीको मृत्यु भएपछि कोरोना पुष्टि गर्ने, क्वारेन्टाइनमा बसेर मृत्यु भएकालाई कोरोना भएको प्रमाणपत्र जारी गर्ने देश नेपाल मात्र हो । विश्वमा यस्तो उदाहरण कहिं छैन । 
 
 सरकारले जब लकडाउन सकिने दिन आउन थाल्छ, अनि संक्रमित संख्या बढि देखाइदिने , हुँदा हुँदा अन्य रोगले मृत्यु भएकालाई पनि कोरोनाको मृत्यु घोषित गर्ने काम किन गरिरहेको छ ? यो सबैभन्दा खोजीको बिषय हो । तपाईं हामीले बुझ्नुपर्ने कुरा के हो भने लकडाउनले नेतालाई मात्र सुरक्षित बनाएको छ, तर लकडाउनको कष्टले लाखौं जनता मर्ने दिन नजिक आउँदैछ भन्ने हेक्का गरौं । त्यसैले, त विकसित देशहरुले लकडाउन खुलाईसकेका छन् । विश्व स्वास्थ्य संगठनले शक्ति राष्ट्रलाई मनाउन नसकेपछि नेपाल जस्ता साना देशमा कोरोनाको जोखिम अझै बढ्ने भनेर तर्सारहेको छ । डब्लुएचओको यो तरिका पुर्ण गलत सुचना भएको धेरै विज्ञहरुले दावी गरिसकेका छन् ।  
 
त्यसैले, सयौं बर्षसम्म नष्ट नहुने कोरोना भाइरसबाट बंच्न लकडाउन लगाएर बांचिरहेकालाई ज्युँदै मार्ने दुस्प्रयास नगरौं । जेठ २० गतेदेखि सम्पुर्ण लकडाउन खारेज गर सरकार । 
 

लकडाउनका कारण नेपाल सय बर्षपछि धकेलियो, आर्थिक उपनिवेश मुुलुक हुँदै, 

     धेरैलाई लागेको होला, लकडाउनले हामीलाई कोरोना भाइरसबाट बँचाइरहेको छ । विश्वका सबै देशले पनि यहि अभ्यास गरेका थिए र अझै छन् । तर, यो प्रमाणित गरिदियो कि लकडाउनले यो भाइरस नियन्त्रण गर्ने नभई आर्थिक क्षेत्र तहसनहस मात्र गरिदिनेरहेछ । अब विश्वका अति कमविकसित देशहरु शय बर्षपछिको श्रेणीमा पुग्ने र विकसित मुलुकले गतिशिल जिवनलाई पर्खन २० बर्ष खर्चनुपर्ने विभिन्न संस्थाका प्रतिवेदनमा उल्लेख छ । 
 
 नेपालले अव अनुदान वा ऋणमा मात्र बाँच्नुपर्ने अवस्थामा कुनै देशको खटनपटनको निर्देशनमा चल्नुपर्ने हुन्छ । यसलाई आर्थिक उपनिवेश भनिन्छ । जस्तै एमसिसी जस्ता प्रोजेक्टका नाममा राखिएका विभिन्न शर्तहरु सानो उदाहरणका रुपमा लिन सकिन्छ । अब यस्ता सयौं सहयोगका नाममा शक्तिशाली देशले गरिब देशलाई आर्थिक उपनिवेश बनाउने खतरा बढेको छ । यो शक्तिशाली देशको नंवर वन सुचीमा चीन पहिलो स्थानमा बलियो बनेर देखिएको छ । चीनको यो उदयलाई पश्चिमा राष्ट्रहरुले खतराको रुपमा अर्थाएका छन् । 
  अर्कोतर्फ गरिब राष्ट्रहरुको संगठनले आर्थिक उपनिवेशको खतराबाट मुक्त हुन लकडाउन पुर्ण रुपमा वन्द गर्ने निर्णयमा पुग्ने संभावना रहेको विभिन्न आर्थिक विज्ञहरुले अडकलबाजी गरेका छन् ।  
 
लकडाउनले कोरोना नियन्त्रण नहुने करिब करिब प्रमाणित भइसकेको छ । लकडाउन लगाएका युरोपियन मुलुकहरु लगायत सबै देशमा भाइरसको अवस्था उस्तै भएपछि सबै देशले लकडाउन खुलाईसकेका छन् । पोर्चुगल स्थित एक मेडिकल अनुशन्धान इन्ष्टिच्युटले लकडाउन कोरोना भाइरस नियन्त्रणका लागि कुनै आधार नभएको प्रमाणित गरिदिएको छ । पोर्चुगल सरकारले सबैलाई नियमित काममा फर्कन निर्देशन दिइसकेको छ । अहिले युरोपियन मुलुकहरुले सामाजिक दुरी कायम गरेर नियमित कामलाई निरन्तरता दिइसकेका छन् । 
लकडाउन लगाएका र नलगाएका मुलुकको हालत उस्तै छ । कोरोना भाइरस फैलिने वा यसको आफ्नो गतिमा कुनै फेरबदल आएको छैन । पछिल्लो पटक लकडाउन लगाएर भारत सबैभन्दा मारमा परेको छ । तर, भारतमा कोरोना भाइरस नियन्त्रणमा आउने अझै कुनै संभावना छैन । भारतले ५० बर्षसम्म पुर्ति गर्न नसक्नेगरि आर्थिक क्षति व्यहोरिसकेको छ । भारतले हालको लकडाउनका कारण भविस्यमा ठुलो पछुताउ गर्ने अनुमान धेरैले गरेका छन् । 
 
अहिले विश्वमा लकडाउन लगाएका र नलगाएका मुलुकको अवस्थाको सर्बेक्षण चलिरहेको छ । लकडाउन लगाएर पनि रुस, भारत, केहि युरोपियन देशहरु, एशियाका अधिकांश देशहरु कोरोनाबाट बँच्न सकेनन् । लकडाउन नलगाएका अमेरिका र चीनको वस्तुस्थिति निकै भिन्न छ । अमेरिकामा कोरोना भाइरस फैलियो भने चीनमा पुर्ण नियन्त्रणमा आयो । चीनले वुहान शहरलाई मात्र एक महिना बन्द गरेर पुरै देश खुल्ला राखिरहेको छ । सबैलाई स्मरणहोस, चीनले कुनै लकडाउन विना कोरोना भाइरसको संक्रमित अवस्थालाई शुन्यमा झारिसकेको छ ।  अतः अहिले सबै देशहरु लकडाउन लगाएर कोरोना भाइरस नियन्त्रण नहुने निष्कर्षमा पुगिसकेका छन् । 
 
अमेरिकाको एउटा अनुशन्धानले भनिसकेको छ, कोरोना भाइरस ११ दिनपछि कसैलाई सर्देन । यो बिषयमा अनुशन्धान चलिरहेको छ । नेपालमा पनि कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका बिषयमा सन्देहात्मक विवरणहरु वाहिर आउन थालेका छन् । ति महिलाको कोरोना भाइरसबाट मृत्यु भएको हो भने काखमा रहेको शिशुमा, संगै बसेका परिवारका सदस्यमा किन कोरोना भाइरस सरेन ? यी प्रश्नका उत्तरको खोजी अहिले चलेको छ । क्वारेन्टाइनमा मृत्यु भएका अर्का युवकको मृत्युमा पनि धेरेको प्रश्न उठेको छ । कोरोना भाइरसबाट क्वारेन्टाइनमा राखेको व्यक्ति मृत्यु भएको उदाहरण विश्वमा कहिं छैन । कोरोना भाइरसबाट उपचारकै क्रममा मृत्यु हुने गर्छ । कसैलाई कोरोनाले छुने वित्तिकै मर्ने पनि होइन । नेपालगंजमा मृत्यु भएका युवकको विषयमा पनि कुनै सत्यता नभएको आशंका बढेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको मृत्यु भएको छैन वा हाम्रो परिक्षण विधी पुरै असफल छ भन्ने मेडिकल विज्ञहरुले प्रश्न उठाएका छन् । 
 
अर्को तर्फ, विश्व स्वास्थ्य संगठनका गतिविधीप्रति तिब्र आशंका पैदा भएपछि संसारका एकथरि मेडिकल इन्टिच्युटहरुले अध्ययन शुरु गरेका छन् । डब्लुएचओ कसैबाट प्रयोग भएर विश्वलाई भय फैलाइरहेको त छैन भन्ने उत्तरको खोजीमा धेरै होमिएका छन् । यहि अविश्वास भएपछि डब्लुएचओलाई केहि पश्चिमा मुलुक सहित अमेरिकाले सहयोग रोकिसकेका छन् । अमेरिकाले डब्लुएचओसंग सम्वन्ध तोडिसकेको छ । 
 
 डब्लुएचओको अर्को एक प्रतिवेदनमा भनिएको छ,‘यो कोरोना भाइरस अब कहिल्यै नियन्त्रणमा आउने छैन । तापक्रम र वातावरण अनुसार यो भाइरसको स्वरुप परिवर्तन भएर सधैं सक्रिय रहन्छ । ’ 
 नेपालले विश्वका यि र यावत अवस्थालाई ध्यानमा दिएर कोरोना नियन्त्रणका कदम चालेको पाईंदैन । नेपालले लगाएको यो दुई महिनाको लकडाउन इतिहासकै सबैभन्दा आर्थिक क्रुर दिनहरुका रुपमा चित्रण हुनेछ । केपी ओली सरकारले लकडाउनको आधार देखाएर कोरोना नियन्त्रण भएको वताएपनि यसमा कुनै प्रामाणिक कारणहरु भेटिंदैन । किनकी, लकडाउन लगाएका सबै मुलुकहरुमा कोरोना भाइरस फैलिरहेकै छ । बरु लकडाउन नलगाएका भियतनाम,जापान लगायत एक चौथाई मुलुकहरुले आफ्नो आर्थिक अबस्था गिर्न दिएनन् । नेपालले भारतको खुल्ला सिमानाको कारण देखाएर गरेको लकडाउन पुर्ण रुपले आत्मघाती सिद्ध हुने देखिन्छ । नेपालको जस्तो नागरिकलाई ज्युँदै मार्ने लकडाउन विश्वमा कुनै देशमा लगाएको देखिंदैन । तर, नेपालले भारतकै इसारामा यो किन गर्यो अब व्यापक प्रश्नहरु उठ्नेछन् । 
 
विश्वभरका देशहरु यो निष्कर्षमा पुगिसकेका छन् कि, सामाजिक दुरी कायम गर्ने, खानपानमा वेजोड ध्यान दिने, उपचारका विधीहरु सक्रिय पार्ने, औषधी भ्याक्सिनहरुको अनुशन्धान गर्ने र नागरिकलाई सहज रुपमा बाँच्न दिने आधार नै कोरोनाबाट बंच्ने मुख्य उपाय हो । धेरै देशले जुन स्थान, घर, संस्था र क्षेत्रमा कोरोना देखिएको छ त्यसलाई मात्र सिल (वन्द) गरेर लकडाउन लगाउनै नहुने निर्णयमा पुगिसकेका छन् ।
  विश्वको यो वास्तविकतालाई गहिरो अध्ययन नगरी नेपालले अब केहि दिन मात्र लकडाउन लगायो भने नेपाल भित्र थेग्नै नसक्ने समस्या र मृत्युहरु देखापर्नेछन् । यी समस्या र मृत्युहरु कोरोना भाइरस बिर्साउनेगरि देखापर्ने निश्चित छ । 
 
 किनकी कोरोना कहिल्यै नष्ट नहुने भाइरस भएको करिब करिब प्रमाणित भएकोले लकडाउन अब सबैभन्दा क्रुर अव्यवहारिक आधार मात्र सावित हुनेछ । नेपालले अब व्यहोर्ने आर्थिक उपनिवेशले हाम्रो राष्ट्रिय अस्मिता माथि खतरा उत्पन्न हुनेछ । इतिहासमा जनभावना विपरित काम गरेको यो सरकारलाई भविस्यका सन्ततिले धिकार्ने अवस्था निम्तिएको छ । केपी ओली सरकारले शुरुका दिनमा महंगीको भार बोकाएर अहिले लकडाउनको पीडा जनतालाई किन थोपरिदिएको होला ? अबका हरेक चुनावमा जनताले ओली सरकारका प्रतिनिधीलाई यो प्रश्न उठाइरहनेछन् ।  

 

सरकार तिमीलाई थाहा छ, जनता भित्र भित्र मरिरहेका छन् 

तिम्रो शरिरको मायाले तिमी यो गरिरहेका छौं । जनताको मायाले होइन । तिमीलाई एउटै कुरा थाहा छ, ‘वन्द, चक्काजाम अनि वन्द वन्द वन्द ।’ यो तिमीलाई कसैले सिकाउन पर्देन । किनकी तिमी यहि बन्दकै बीजवाट जन्मिएका हौ । तिमीले जानेको यहि हो । वन्द गर्न तिमी सिपालु छौ । लकडाउन । नेपाली भाषामा बन्दावन्दी । यो भनेकै बन्द हो । चक्काजाम र यहि बन्दकै आधारमा तिमी यहाँसम्म आइपुगेका हौ । हजारौं जनता मारेर आयौ । अनि अहिले सत्ता चलाएका छौ । अनि तिमी कसरी वन्दवाट टाढा हुन सक्छौ ? ‘वन्द’ तिम्रो मित्र हो । जनता तिम्रा शत्रु हुन् । जनतालाई घर भित्र थुनेर तिमी मस्तले भ्रष्टाचार गरिरहेका छौं । अनि भन्छौ, अहिले लकडाउनको विकल्प छैन । एकातिर, तिमी जनतामा भय छरिदिन्छौ, अर्कोतिर तिमी देशको ढुकुटी लुटिरहेका छौ । तिमीले यो अवसर पर्खिरहका थियौ । गजबको अवसर पायौ देश लुट्न । 
 
 

 कुनै सवेदनशिल क्षेत्र, जिल्ला मात्र वन्द गरिदेउ । जसरी चीनले वुहान शहर मात्र बन्द गरेको थियो । कोरोना नियन्त्रण गर्ने भनेर चीनले पुरै देश कहिल्यै बन्द गरेन । आपतकाल घोषणा गरेर जापानमा कुनै बन्द छैन । धेरै देशहरुले घरमा अनिवार्य बस्नु भनेपनि अनिवार्य गर्नुपर्ने काम रोकेका छैनन् । र जनतालाई सास्ती दिएका छैनन् । किन दक्षिण वा उत्तरकै पिछलग्गु बन्छौ ? कहिलेकांही त आफ्नो मौलिक काम पनि गरेर देखाउ । 

 
 
 
अहिले शक्ति राष्ट्रले देश बन्द गर्न लगाएपछि तिमीलाई क्या वहाना मिलेको छ, लकडाउन गर्न । अनि यहि लकडाउनको अवसरलाई तिमी सात पुस्तालाई पुग्ने सम्पति जोडिरहेका छौं । तिमीलाई के थाहा, लकडाउनले आधा जनता यसै मर्देछन् । कोठामा कैद भएर, वाटोमा लड्किएर, भोकै ओछ्यानमा मडारिएर अनि तिम्रा रुखा रुखा शब्द सुनेर । तिमीमा जनताको माया थियो भने त कोरोना आउनु पहिले नै सिमाना बन्द गर्थ्यौ । जहाज आउन रोक्थ्यौ । महंगी घटाउँथ्यौ । रोजगार दिन्थ्यौ । उपचार दिन्थ्यौ । न्याय दिन्थ्यौ । तिमीलाई जनताको माया थिएन भन्ने त यस्ता हजार उदाहरण छन् नि । 
  त्यसैले, तिमी लकडाउन थप्न पराइ आदेश पर्खेका थियौ, अनि जनतालाई थुनिदियौ । कहिले दक्षिणको, कहिले उत्तरको कहिले पश्चिमको आदेश वाहेक तिमीले जनताको आदेश कहिल्यै सुनेनौ । किनकी, तिम्रो सिद्धान्त नै आयातीत हो । तिमीलाई जनताको सार्बभौम भन्ने थाहा छैन । त्यहि भएर तिमी विदेशीको आदेशवाट लकडाउन चाहन्छौ । 
 
अझ अहिले विश्वमा शक्ति देशहरुले साना देशहरुलाई आदेश दिइरहेका छन् । वन्द गर । विश्व स्वास्थ्य संगठन त कहिले कुन देशको कहिले कुन देशको आदेशमा संचालित संस्था हो । अहिले जैविक हतियार प्रयोग गरेर विश्व कब्जा गर्नेले डब्लुएचओलाई परिचालन गरेको छ । यसको काम भनेको विश्वलाई भयभित पार्ने हो । रुपमा हेर्दा यसले सचेत पारे जस्तो देखिन्छ, तर सारमा विश्व कब्जा गर्ने एक शक्तिलाई यो संस्थाले सघाइरहेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एधानोम इथियोपिया देशका हुन् । यी ब्यक्ति विचित्रका छन् । डब्लुएचओका अन्य सदस्यहरु यिनलाई रुचाउँदैनन् । यिनले आँफुलाई मार्न धम्की आएको वताइरहेका छन् । जब पत्रकार सम्मेलनमा यिनको भाषण आउँछ, अनि विश्वभरका मानिसहरु यिनको राजीनामा मागिरहेका हुन्छन् । आधा भन्दा प्रतिक्रियाहरु यिनलाई गालीको बर्षा आएको हुन्छ । यी टेड्रोस इथियोपियामा स्वास्थ्यमन्त्री हुँदा असफल भएका थिए । अहिले डब्लुएचओमा काम गर्ने हजार भन्दा बढि चिकित्सक, विज्ञ र बैज्ञानिकहरु यिनको कामले हैरान छन् । 
 तिमीले यो बुझेनौ । किनकी तिमीले यो बुझ्न चाहन्नौ । तिमीलाई चाहिएको यहि थियो, देश लुट्ने वहाना । 
 
जुन वहाना लकडाउन वनेर आइदियो । तिमी त महलमा बस्छौ । मिठो मिठो रोजेको परिकार खान्छौ, विरामी परे घरमै चिकित्सक बोलाउँछौ । तिमीलाई त लकडाउनले काम पनि गर्न परेको छैन । कति सुख मिलेको छ । तिम्रो मनमनले भनिरहेको छ, आहा यो लकडाउन सधैं भइदिए ! तिम्रो जिवन मस्त छ अहिले ।
   तिमीले जनता भोकै मरिरहेको देख्दैनौ । तिम्रो सुचनाले चिकित्सक उपचार गर्न मान्दैनन् । तिम्रो सुचनाले रुघा खोकी लागेको मानिसदेखि मानिस नै भाग्ने गर्छन् । अस्पतालहरु तिम्रो सुचनाकै आडमा विरामीलाई परैदेखि बाटो थुन्छन् । भगवान भरोसाबाट जनता बाँचिरहेका हुन् । तिम्रो यो कथित लकडाउन सर्तकता वाइहात थियो र छ । तिमी जनताको दुख देख्दैनौ । देखेर पनि तिमी अरुको दुख सुन्दैनौ । किनकी, तिमीले यस्ता क्रुर काम कति गर्यौ गर्यौ । तिम्रो बंशाणुत गुण भनेकै जनता मार्नु थियो । हिजो, गोलीले मार्यौ, अहिले बोलीले मारिरहेका छौ । तिमीलाई यस्ता सत्य कुरा सुन्ने फुर्सद छैन । तिमीलाई निम्न काम  गर्न विवेक पलाएन है ?
 
१, गरिब देशहरुले आन्तरिक रुपमा देश भित्र लकडाउन लगाउन हुँदैन । जनता त्यसै त गरिब छन् । लकडाउनले झन मर्नेछन् । धनी देशहरुले पो धेरै बर्षसम्म जनताको लागि राहत, सेवा, सुविधा र उपचारका विधी अपनाएका हुन्छन् । उनिहरु लकडाउन धान्न सक्छन् । तर, हामी सर्तक हुने हो । देशै बन्द गरेर होइन, भन्ने किन बुझ्दैनौ ? 
 
२, भारत तर्फको सिमाना पुरै बन्द किन गर्देनौ ? नेपाल भित्र यो रोग फैलिएकै छैन । विदेशवाट आउनेलाई रोक्यो भने नेपालमा लकडाउन चाहिन्न भन्ने हिम्मत किन राख्न सक्दैनौ ? 
 
३, गर्नुपर्ने काम गर्देनौ । भारतवाट सामान ल्याउँदा चालक र कर्मचारीको अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्र आउन देउ । अरु मान्छे अहिले आउन पुरै बन्द गरिदेउ । अनि, कहाँबाट छिर्छ कोरोना ? कोरोना भाइरस आकाशवाट उडेर आउने होइन भन्ने किन बुझ्दैनौ ? मानिसले ल्याउने हो, मानिसलाई आउनै नदिएपछि देश भित्र किन चाहिन्छ, लकडाउन ?
 
४, कुनै सवेदनशिल क्षेत्र, जिल्ला मात्र वन्द गरिदेउ । जसरी चीनले वुहान शहर मात्र बन्द गरेको थियो । कोरोना नियन्त्रण गर्ने भनेर चीनले पुरै देश कहिल्यै बन्द गरेन । आपतकाल घोषणा गरेर जापानमा कुनै बन्द छैन । धेरै देशहरुले घरमा अनिवार्य बस्नु भनेपनि अनिवार्य गर्नुपर्ने काम रोकेका छैनन् । र जनतालाई सास्ती दिएका छैनन् । किन दक्षिण वा उत्तरकै पिछलग्गु बन्छौ ? कहिलेकांही त आफ्नो मौलिक काम पनि गरेर देखाउ । 
 
५, लकडाउन गरेका देशहरुको अवस्था हेर । लकडाउन नगरेका स्वीडेनदेखि वेलारुससम्म, भियतनामदेखि तुर्किमेनिस्तानसम्मका धेरै देशहरु हेर । गरिब देशमा लकडाउन लगाउँदा कस्तो असर पर्छ र हाम्रो सचेतना उपाय अन्य भन्दा किन फरक हुनपर्छ भन्ने हेक्का त गर । कति पराई देश र शक्तिको आदेशवाट सरकार चलाउँछौ ? 
 

विश्व स्वास्थ्य संगठनको सुचनालाई विश्वास गर्ने आधार सकिएको छ । यसको लहलहैमा लागेर अब सुचना, प्रचार र साबधानीका बिषयमा सरकारले अतिरन्जित गर्न बन्द गर्नुपर्छ । जनताले पनि यस्ता सुचनाहरु अनावस्यक प्रचारमा बन्द गर्नुपर्छ । अब हरेक नागरिकलाई थाहा भइसकेको छ कि कोरोना भाइरस कसरी सर्छ, यसको साबधानी के हो भन्ने । त्यसैले, अनावस्यक प्रचार गरेर नागरिकलाई तनाव दिने काम सबैले बन्द गरौं । कोरोना क्याप्सुल, अटेरी, एकान्तबास जस्ता डरलाग्दा शब्दहरु प्रयोग गरेर एफएम रेडियो लगायतका मिडियाले जनतामा झन भयभित पारेका छन् । यो कार्य तुरुन्त संचार मन्त्रालयले रोक्नुपर्छ । झन सरकारी रेडियो भनिएको रेडियो नेपालले दिने समाचार, कार्यक्रम र सुचना रोगका मात्र छन् । रेडियो नेपाल जस्तो सरकारी संचारमाध्यमले कोरोनाको सन्त्रास फैलाउनु अचम्म लाग्दो बिषय हो ।  संसारभरका मिडियाहरुले अन्य बिषयका समाचारहरु दिएर बिषयान्तर गरिरहेका छन् । तर, हाम्रा मिडियामा कोरोना बाहेक केहि सुनिंदैन । यो मनोवैज्ञानिक त्रास फैलाउने काम तुरुन्त रोक्नुपर्छ । 

 
    देश भित्र लकडाउन नगर । सिमाना बन्द गर । विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख । ति सबै हाम्रा सन्तान हुन् । तर, देश भित्र लकडाउन नलगाउ । संवेदनशिल स्थानलाई मात्र वन्द गर । अरु देशको आदेश पर्खने होइन, आफ्नो निर्णय आँफै गर । आफ्नो सार्वभौम जोगाउन अरुको आदेश पर्खने होइन । हाम्रो गरिब देशलाई लकडाउन गरेर जनतालाई कति दुख दिन्छौ ? त्यसैले, आम जनता यो लकडाउन उल्लंघन गर्नुको विकल्प छैन । सरकारले जनताको पीडा सुन्ने हैसियत राख ।