अन्तराष्ट्रिय प्रसङ्ग
आषाढ २०,२०७४
-एजेन्सी
२० असार,नानिङ-
चीनको दक्षिणी क्षेत्रमा रहेको गुआङ्सी झुआङ स्वायत्त प्रदेशमा विशाल वर्षापछि आएको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएको स्थानीय अधिकारीले जनाएका छन् ।
व्यापक वर्षापछि गत शनिबार यता गुआङ्सी प्रदेशका कम उचाइमा रहेका बस्ती तथा सहरहरू जलमग्न भएका थिए । जसका कारण सोमबारसम्म ९१ हजार ६ सय बासिन्दालाई सुरक्षित स्थलमा सारिएको क्षेत्रीय नागरिक मामिला विभागले जनाएको छ ।
वर्षाले करिब १० लाख जनतालाई प्रभावित तुल्याएको छ भने ४२ करोड ८० लाख अमेरिकी डलरबराबरको आर्थिक क्षति पु¥याएको बताइएको छ । वर्षाका कारण ६ सय परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ६ हजार ५ सय घरमा आंशिक क्षति पु¥याएको विभागले जनाएको छ । आइतबार चिनियाँ बाढी व्यवस्थापन अधिकारीले यहाँका ६० भन्दा बढी नदीमा पानीको तह खतराका अवस्थामा पुगेको बताएका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार