Trending :
 

कोरोना भाइरसले ३ लाख ७३ हजार बढिको मृत्यु, ६२ लाख ६२ हजार भन्दा धेरै संक्रमित

जेठ १९,२०७७

-

जेठ १९, २०७७ काठमाडौं ।
कोरोना भाइरसको महामारीले विश्वभर ६२ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
 
विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६२ लाख ६२ हजार ७७० जना संक्रमित भएका छन् ।
 
पछिल्लो २४ घण्टामा १ लाख ८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ३ हजार १८२ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७३ हजार ६८८ पुगेको छ ।
 
३० लाख ४२ हजार ४१० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०९ जनाको अवस्था गम्भीर छ भने २८ लाख ४६ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् ।
 
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार विहान सम्म १ लाख ७३ हजार ७२६ जनाको मृत्यु भएको छ ।
 
२० लाख १९ हजार ७८१ जना संक्रमित भएकोमा ९ लाख ८७ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।
 
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २४ हजार ८८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ६९ हजार ९३२ पुगेको छ । त्यसमध्ये ६ लाख ७८ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् ।
 
यस्तै एसियाली मुलुकहरुमा ३० हजार ७७७ जनाको मृत्यु भएको छ । ११ लाख ३६ हजार ८१६ जना संक्रमित भएकोमा ६ लाख ९४ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।
 
दक्षिण अमेरिकी मुलुकहरुमा ४० हजार ८१ जनाको मृत्यु भएको छ । ८ लाख ७७ हजार ९४४ जना संक्रमित भएकोमा ३ लाख ५२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।
 
अफ्रिकी मुलुकहरुमा ४ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ७७३ जना संक्रमित छन् । संक्रमितमध्ये ६३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ८०४ जना संक्रमित भएकोमा ८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।