कोरोना रोकथामका लागि सामाग्री खरीद गर्न स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब निकासा

जेठ १९,२०७७

-

जेठ १९,२०७७ काठमाडौं ।
स्वास्थ्य मन्त्रालयलाई चालु आर्थिक वर्ष २०७६/७७ मा मात्र ५ अर्ब रुपैयाँ निकासा भएको छ ।
 
अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्रीले चालु आव भित्रै कोरोना रोकथामसँग सम्बन्धित सामाग्री खरीदमा यो रकम निकासा गरिएको जानकारी दिए । यसले कोरोना परीक्षणका लागि आवश्यक सामग्रीहरुको मौज्दात रहेको समेत उनले जानकारी दिए ।
 
आगामी आवमा सरकारले कोरोनासँग सम्बन्धित आकस्मिक प्रयोजनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । छलफलमा भाग लिँदै सांसदहरुले ६ अर्ब कम भएको बताएका थिए ।
 
जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै ६ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताए ।
 
आगामी आवमा सरकारले कुल बजेटको करीव ६ प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन हुनु ठूलो उपलब्ध रहेको समेत दावी गरे । एकै वर्षमा १०र११ प्रतिशत बजेट छुट्याउन सम्भव नभएको बताए ।