आषाढ २०,२०७४
-
२० असार,काठमाडौँ- नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा हालै जापानको निडेक कम्पनीको अल स्क्यन मोडलको अप्टिकल बायोमिटर भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा आँखा भित्र राखिने इन्ट्रओकुलर लेन्सकोमा माध्यमबाट पावर जाँच गर्ने भएकाल मोतिविन्दुको उपचारमा अझ गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ । यो अत्याधुनिक मेशिनको विशेषता भनेकै नन् कन्ट्याक्टलाई सतप्रतिशत पावर गणना गर्नुका साथै मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपूर्ण बस्तुको जाँच गर्ने अस्पतालद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । मेशिनमा इन्फ्रारेड लेजरको जडान भएकाले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताए ।
प्रमुख समाचार