Trending :
 

आर्थिक प्रसङ्ग

यसै महिनामा ६ संस्थाको हकप्रद खुल्दै

आषाढ २०,२०७४

-

२० असार,काठमाडौँ-

असारको बाँकी दुई सातामा ६ संस्थाले हकप्रद सेयर जारी गर्दैछन् ।

असार २५ गते आइतवार अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातामा र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

अल्पाइनको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र रिलायबलको सिभिल क्यापिटल रहेको छ ।

त्यसैगरी , हिमालयन जनरल इन्स्योरेन्सले असार २८ गतेबाट १ बराबर १.६६६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ  । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।