फाल्गुण २२,२०७३
-
एजेन्सीः चीनले आफ्नो आर्थिक वृद्धिदरको लक्ष्यलाई घटाएको छ । चीनले यस बर्षको आर्थिक वृद्धिदर साँढे छ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको आर्थिक वृद्धिदर सात प्रतिशतको अनुमानित लक्ष भन्दा मुनि रहने चिनियाँ प्रिमियर ली कचियांगले घोषणा गरेका छन् ।
चिनिया अर्थतन्त्रमा पछिल्ला २६ बर्षको अनुपातमा गत साल सवैभन्दा सुस्त आर्थिक वृद्धिदर रेकर्ड गरिएको थियो । बेइजिङको ग्रेट हलमा आयोजित बेइजिङमा नेशनल पिपुल कङ्ग्रेसको बार्षिक अधिवेशनलाई संबोधन गर्दै कचियांगले यस्तो घोषणा गरेका हुन् । बार्षिक अधिवेशनमा ३ हजार भन्दा बढी एनपीसीका सदस्यहरुले भाग लिएका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार