को बन्ला अनलाईन गायक !

कमेडी क्लब अनलाइन गायन प्रतियोगिताको फिनाले असार १ मा

जेठ २५,२०७७

-आस्था न्युज

जेष्ठ २५ , २०७७ 

कमेडी क्लबले यहि असार एक गते अनलाइन गायन प्रतियोगिताको फिनाले गर्दैछ l अनलाइन माध्यमबाट शुरु गरिएको यस कमेडी क्लब अनलाइन गायन प्रतियोगित २०७७ पहिलो संस्करण हो l

 

नेपालमा नै पहिलो पटक कमेडी क्लब नामक युटुब च्यानलले शुरु गरेको अनलाइन गायन प्रतियोगितको फिनाले यहि असार एक गते गर्न लागेको छ l फिनालेमा छानिएका ६ जनाले अनलाईन बिजेताको लागि आफ्नो प्रस्तुति दिने छन् l फिनाले मध्ये पुरुष समूह र महिला समुहको मध्यबाट एक एक जना बिजेता घोषित हुने आयोजकले बताएका छन् l बिजेताहरुले नेपाली अफिसियल गीत गाउन पाउने छन् l त्यस्तै सहभागी सबैलाई सर्टिफिकेट र मेडल (तक्मा) प्रदान गरिने छ l  

 

फिनाले पुग्ने प्रतियोगिहरुमा पुरुष तर्फ  सन्तोष कुमार लम्साल (निजगढ , बारा), सागर मगर (गछिया,मोरङ) , प्रोमिस सुवाल (तानसेन , पाल्पा ) , र महिला तर्फ पिटु गहजराज (निजगढ , बारा), पुजा गहतराज (निजगढ बारा ) र सुजिना पाण्डे (भरतपुर , चितवन ) रहेका छन् l प्रतियोगीहरुलाई जिताउन भोट गर्न सकिने छ l  भोटिंगका लागि जेष्ठ २७ बाट युट्युबको  कमेडी क्लबमा गई लाईक, कमेन्ट र भ्युज गरी आफ्नो मन परेको प्रतियोगीलाई भोट अर्थात् अभिमत प्रकट गर्न सकिने आयोजकले बताएका छन् l

 

 

२०७७ जेष्ठ ११ गते देखि शुरु गरेको यस अनलाईन प्रतियोगितामा शुरुको पहिलो चरणमा २५ जना छानिएका थिए l अनलाईन नै भएको प्रतियोगिताको मध्यमबाट १४ जना दोश्रो चरणमा पर्न सफल भएका थिए l 

 

कमेडी क्लबका एडमिन तथा कार्यक्रम प्रस्तोता सुदिप लम्सालले यस प्रतियोगिताको फिनाले निर्णायक मण्डलमा बिनय कार्की क्षेत्री, रिकेश गुरुङ कीज र सन्जिब पराजुली रहने बताउनुभयो l कार्यक्रमको संयोजक तथा व्यवस्थापनमा हिमाल लम्सालले गर्नुभएको छ l

 

प्रतियोगीहरु: