प्रतिनिधिसभाबाट १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट बहुमतले पारित

जेठ २८,२०७७

-

जेठ २८, २०७७ काठमाडौं ।
सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७र०७८ को विनियोजन विधेयक ९बजेट० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित भएको हो । 
 
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए ।
 
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए ।
 
प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ । राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ ।
 
सरकारका कतिपय कार्यक्रमलाई लिएर सत्तारुढ दलका सांसदहरूले आलोचना गरेका थिए । मन्त्रीहरूले जवाफ दिएपछि बजेटमाथिको छलफल बुधबार मात्रै सकिएको थियो ।