आर्थिक प्रसङ्ग
आषाढ २१,२०७४
-
२१ असार,काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति गरेको छ । यस अघि बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार गरिसकेको छ भने मिती २०७४ असार १८ गते बसेको विषेश साधारण सभाले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्नलाई स्विकृती समेत प्रदान गरेको छ भने यस बैंकले यस अघि नै अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न ीइक्ष् प्राप्त गरिसकेको छ । यी प्राप्तीहरु पश्चात् सेञ्चुरी बैंकले ८ अर्बको पूंजीमा नपूग रकम चालु आ.व. को मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ५३ वटा शाखा, ३३ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रमुख समाचार