तीन महिना स्थगित स्पेनिस ला लिगा आजदेखि सुरू

जेठ २९,२०७७

-

जेठ २९,२०७७ काठमाडौं ।
कोरोना भाइरसको महामारीले तीन महिना स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ ।
 
गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् ।
 
नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ ।
 
प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।