Trending :
 

कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनको राजधानी बेइजिङ सहर फेरी बन्द

आषाढ ०१,२०७७

-

असार १, २०७७ काठमाडौं ।
 
कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित भेटिएपछि चीनले राजधानी बेइजिङस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजार तत्काललाई बन्द गरेको छ ।
 
सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले उक्त निर्णय गरेको हो ।
 
चीनको उक्त निर्णयले सिनफादी सीफुड तथा तरकारी बजार आसपासका ११ आवासीय क्षेत्र तथा नौ विद्यालय पनि प्रभावित भएका छन् । जोखिम बढ्न सक्ने ठानेर ती आवासीय क्षेत्र र विद्यालय पनि बन्द गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
 
चीनले कोरोनाभाइरस नियन्त्रणमा आइसकेको घोषणा गरे पनि केही समय यता पुनः संक्रमित देखिन थालेका छन् ।