बधाई छ !

सन्तोष र सुजिना बने कमेडी क्लब अनलाइन गायन प्रतियोगिताको बिजेता

आषाढ ०१,२०७७

-आस्था न्युज

१ असार , २०७७ 

अनलाइन गायन प्रतियोगिताको उपाधि सन्तोष कुमार लम्साल र सुजिना पाण्डेले जित्न सफल भएका छन् l   कमेडी क्लबले सोमबार नतिजा प्रकाशन गर्दै  अनलाइन गायन प्रतियोगिताको पहिलो संस्करणको बिजेता घोषित गरेको हो

 

निजगढ बाराका सन्तोष कुमार लम्साल र भरतपुर चितवनकी सुजिना पाण्डेले नेपालमा नै पहिलो पटक आयोजना गरिएको अनलाइन गायन प्रतियोगिताको उपाधि चुम्न सफल भएका छन् l निकै प्रतिष्पर्धा बीच छ जना फिनाले प्रतिष्पर्धीहरुलाई पछि पार्दै सन्तोष र सुजिनाले यो उपाधि हात पार्न सफल भएका हुन् l सन्तोष कुमार लम्साल पुरुष तर्फ र सुजिना पाण्डे महिला तर्फको बिजेता घोषित भएका हुन् l यस संगै दुवै बिजेताले सर्टिफिकेट र मेडल (तक्मा) का साथै अफिसिअल नयाँ गीत गाउन पाउने भएका छन् l

 

नेपालमा नै पहिलो पटक कमेडी क्लब नामक युटुब च्यानलले शुरु गरेको अनलाइन गायन प्रतियोगितको फिनालेमा छानिएका ६ जना प्रतिष्पर्धीहरुले निकै राम्रो प्रस्तुति दिएका थिए  l फिनालेमा दमदार प्रस्तुति दिने प्रतियोगिहरुमा  पुरुष तर्फ  सन्तोष कुमार लम्साल (निजगढ , बारा), सागर मगर (गछिया,मोरङ) , प्रोमिस सुवाल (तानसेन , पाल्पा ) , र महिला तर्फ पिटु गहजराज (निजगढ , बारा), पुजा गहतराज (निजगढ बारा ) र सुजिना पाण्डे (भरतपुर , चितवन ) रहेका थिए  l

 

प्रतियोगीहरु मध्येबाट बिजेता घोषित गर्न प्रतियोगिताको फिनाले निर्णायक  बिनय कार्की , रिकेश गुरुङ कीज र सन्जीब पराजुलीले  जज गर्नुभएको थियो l साथै प्रतियोगीहरुले प्राप्त गरेको भोटलाई समेत निर्णयको आधार बनाईएको थियो l

 

२०७७ जेष्ठ ११ गते देखि शुरु गरेको यस अनलाईन प्रतियोगितामा शुरुको पहिलो चरणमा २५ जना छानिएका थिए l अनलाईन नै भएको प्रतियोगिताको मध्यमबाट १४ जना दोश्रो चरणमा छानिएका  थिए l 

 

कमेडी क्लबका एडमिन सुदिप लम्सालले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो l त्यस्तै  कार्यक्रमको संयोजक तथा व्यवस्थापनमा हिमाल लम्सालले गर्नुभएको थियो l