Trending :
 

भारत-चीन सीमा विवादः लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

आषाढ ०२,२०७७

-

असार २, २०७७ काठमाडौं ।
 
लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।
 
भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडपमा ढुंगामुढा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन ।
 
भारतीय सेनाका उच्च अधिकारीका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन । उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको पनि भारतीय सेनालाई उद्धृत गर्दै इन्डिया टुडले लेखेको छ ।
 
लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो ।
 
गत महिना चीनले लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा थप सुरक्षा फौज खटाएको थियो । भारतले सीमारेखा९लाइन अफ् एक्चुअल कन्ट्रोल० पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।
 
दुई देशबीच तनाव चलिरहे पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भने जारी रहेको छ ।