जर्मन बुन्डेस लिगाको आठौँ उपाधि पनि बायर्न म्युनिखलाई

आषाढ ०३,२०७७

-

असार ३, २०७७ काठमाडौं ।

वेर्डर ब्रेमेनलाई हराउँदै बायर्न म्युनिखले लागातार आठौँ पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । खेलमा रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल नै निर्णयक बन्यो ।
 
जीतसँगै बायर्नले लिगामा दुई खेल बाँकी छँदा नै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लगातार ११ औँ जीत हासिल गरेको बायर्नले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अग्रता १० अकको बनाएको छ । डर्टमन्डले तीन खेल खेल्न बाँकी रहेको छ । बायर्नले आफ्ना बाँकी सबै खेल हार्दा र डर्टमन्डले सबै खेलमा जीत हासिल गरे पनि बायर्नलाई उछिन्न सक्ने छैन ।
 
दुईवटा पहेलोँ कार्ड खाएपछि खेलको अन्त्यतिर अल्फोन्सो डेभिसले मैदान छाड्न परेको थियो । योसँगै बायर्न १० खेलाडीमा सिमित बनेको थियो ।
 
पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले यो सिजन लिगमा ३१ गोल गर्न सफल भए । उनले एउटै सिजन विदेशी खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । यो कीर्तिमान पिएरे एमेरिक आउबामियाङको नाममा थियो ।
 
यता, प्रशिक्षक हान्सी फिल्क बायर्नका लागि खेलाडी र प्रशिक्षकको रुपमा बुन्डेस लिगाको उपाधि जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि फ्रान्ज बेकेनबाउर र निको कोभाचले यो सफलता हात पारेका थिए ।
 
युभेन्टस ९३५० र रियल म्याड्रिड ९३३० पछि युरोपको शीर्ष पाँच लिगमा बायर्नले सर्वाधिक ३० लिग उपाधि जित्न सफल भएको छ ।