बेइजिङका कोरोना संक्रमितमा पेट र हड्डी दुख्ने समस्या, पुनः महामारी फैलन सक्ने चेतावनी

आषाढ ०४,२०७७

-

असार ४, २०७७ काठमाडौं ।
 
बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् ।
 
डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ ।
 
विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’
 
मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए ।
 
बेइजिङमा कोरोनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलन सक्ने आशंका गरिएको छ ।
 
११ जून पछि बेइजिङमा कोरोनाका १३७ नयाँ संक्रमित भेटिएका छन् ।
 
चिनियाँ मिडियाका अनुसार कोरोना पोजेटिभ देखिएका नयाँ संक्रमितमा युवा ९३०–३९ वर्ष बीच० को संख्या धेरै छ र उनीहरुमा निकै न्यून लक्षण देखिएको छ । बीबीसी