Trending :
 

असार ७ भित्रै सरकारलाई कर तिर्न बैंकर्स संघको आग्रह

आषाढ ०४,२०७७

-

असार ४,२०७७ काठमाडौं ।
 
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्सले संघले कर बुझाउन सबै बैंकलाई आग्रह गरेको छ । 
 
संघको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्दै लकडाउन खुलेको ३० दिनमा कर तिर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिए पनि बैंकहरूले भने कर तिर्ने निर्णय गरेका हुन् ।
 
“राज्यले पनि पैसाको आवश्यकता भयो भनेको छ । त्यसैले बैंकर्स संघले सबै साथीहरूलाई कर तिरौं भनेर आग्रह गरेका हौं,” संघका अध्यक्ष भुवन दाहालले भने । सरकारले चैतसम्मको कर र वैशाखसम्मको टीडीएस तिर्नू भनेर निर्णय गरेको छ । सरकारको निर्णयअनुसारै असार ७ सम्म सबै बैंकलाई कर तिर्न आग्रह गरिएको उनले बताए ।