सिद्धार्थ अधिकारी संगको अन्तर्वार्ता

चीनले हालको तिब्बतको ठुलो भाग नेपाललाई फिर्ता गर्नुपर्ने

मानसरोवर, लगायतका पन्च गुम्फा समेतलाई एतिहासिक दस्ताबेजका आधारमा नेपालको रहेको

आषाढ ०४,२०७७

-आस्था न्युज

सिद्धार्थ अधिकारी  संगको अन्तर्वार्ता l 

नेपालले संबिधान संशोधन गरी जारी नयाँ नक्सालाई संबैधानिक बैधता दिएको छ l यस संगै नेपालले हाल भारतले हडपेर बसेको नेपाली भूभाग कालापानी, लिपुलेख, र लिम्पियाधुरालाई आधिकारिक रुपमा आफ्नो  बनाएको छ l यसले नेपालको सार्वभौमता , भौगोलिक अखण्डताको बिषयमा नेपालीले कहिले कोहीसंग सम्झौता गर्दैनन् भन्ने विश्वलाई पुनः एकचोटी उदाहरण पेश गरिदिएको छ l

 

एकातर्फ नेपालले आफ्नो भूभागलाई संबैधानिक रुपमा अङ्गीकार गरी नयाँ ईतिहास रचेको छ भने अर्को तर्फ यस संगै सन् १८१६ को सुगौली सन्धिले गुमाएका सम्पूर्ण भूभागलाई दाबी गर्नु पर्ने आवाज उठ्न थालेको छ l नेपालले भारतले हडपेको जमिन मात्र नभई चीनले समेत हडपेको नेपाली भूभाग नेपालले दाबी गर्नु पर्ने पनि आवाज बुलन्द बन्दै गई रहेको छ l सामाजिक अभियन्ता सिद्धार्थ गौतमका अनुसार चीनले हालको तिब्बतको ठुलो भाग नेपाललाई फिर्ता गर्नुपर्ने भन्दै मानसरोवर, लगायतका पन्च गुम्फा समेतलाई एतिहासिक दस्ताबेजका आधारमा नेपालको रहेकाले यसलाई समेत नेपालको नक्सामा समाबेस गर्नुपर्ने बताउनु भएको छ l जसलाई हामीले ग्रेटर नेपाल २.० भनेका छौ l

 

के नेपालले भारत र चीन संग आफ्नो भुमि फिर्ता लिन सक्ला ? सिमा सम्बन्धि विवाद , हालको राजनैतिक अवस्था , राजनेता र नेपालले चाल्नु पर्ने कदमका बारेमा सामाजिक अभियन्त सिद्धार्थ अधिकारि संग गरिएको अन्तर्वार्ता हेर्नुहोला l