स्पेनिस ला लिगाः एलाभेससँग सोसिडाड २-० ले पराजित

आषाढ ०५,२०७७

-

असार ५, २०७७ काठमाडौं ।
 
स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ ।
 
बिहीबार राति भएको खेलमा एलाभेससँग सोसिडाड २-० ले पराजित भएको हो ।
 
खेलमा बल पोजेसनमा पकड बनाए पनि रियल सोसिडाडले घरेलु टोलीविरुद्ध गतिलो आक्रमण बुन्न नसक्दा पराजित भएको हो ।
 
५६औं मिनेटमा बोर्जा सेइनजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेका थिए ।
 
एक गोलले पछि परेको रियल सोसिडाडका जोसेवा जाल्डुआ दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिए । त्यसपछि घरेलु टोलीका थोमस पिना ८७औं मिनेटमा दोहोरो पँहेलो कार्डसहित मैदानबाट बाहिरिदा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।
 
इन्ज्युरी समयको अन्त्यतिर मार्टिन एगुइररेगाविरियाले गोल गर्दै एलाभेसलाई २-० को जीत दिलाए । जीतसँगै एलाभेस ३५ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।
 
हारसँगै रियल सोसिडाडले भने शीर्ष चारमा पर्ने मौका गुमाएको छ । सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।