सांसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचार कोषमा जम्मा गर्न सकिने

आषाढ ०५,२०७७

-

असार ५,२०७७ काठमाडौं ।
 
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष)को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ ।
 
२ असार मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै सो रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरू सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् ।
 
‘यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ । यसले कोभिड-१९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग गर्नेछ’ अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले बताए ।