पर्यटन क्षेत्र उठाउने महत्वपुर्ण टिप्स : पत्रकार त्रिपाठीका उपयोगी धारणा

आषाढ ०५,२०७७

Binod Tripathi

-

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको लकडाउन र वन्दको अवस्थाले पर्यटन क्षेत्र धराशायी भएको छ । होटल तथा ट्राभल्सका सम्पुर्ण सेवाहरु बन्द छन् । यस्तो अवस्थामा सरकारले परिवर्तित शैली अपनाउन जरुरी छ । साउन १ गतेदेखि नै पर्यटन क्षेत्रलाई कसरी चलायमान वनाउने र सरकारले गर्नुपर्ने दायीत्व के हो भनेर एकजना चर्चित पत्रकार विनोद त्रिपाठीले केहि बुँदागत विवरण सार्बजनिक गरेका छन् । उनि राजनीतिक, सामाजिक क्षेत्रमा मात्र कलम चलाउँदैनन्, व्यवसायी हकहितका लागि खरो र गहन ढंगले समस्याको समाधान खोज्ने प्रयास गर्दे आएका छन् । पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा उनले लामो समय योगदान पुर्याएका छन् । पछिल्लो पटक कसैले पनि उपाय दिन नसकेको घडीमा पत्रकार त्रिपाठीले सरकार र व्यवसायीलाई संकट निवारणका विकल्प सुझाएका छन् । पर्यटन क्षेत्रलाई माथि उठाउन उनले सार्वजनिक गरेका बिषय जस्ताको तस्तै । 

 

      कोरोना भाइरसका कारण थलिएको पर्यटन क्षेत्रलाई उठाउन पृथक कार्यक्रम ल्याउन आवस्यक छ । यसका केहि आधारहरु छन् । अहिले पर्यटन व्यवसायी सबैभन्दा बढि पीडामा छन् । अन्य क्षेत्र त जसोतसो चल्छ । तर, पर्यटन क्षेत्रमा पर्यटक नआएसम्म चल्ने कुरै हुँदैन । सरकारले केहि नयाँ सोच र योजना ल्याउला भन्ने आसा नगरौं । किनकी त्यो भिजन र गहिरो व्यवहारिक ज्ञान भएका सरकारमा कोहि छैनन् । यो बेला पर्यटन क्षेत्रले के गर्न सक्छ । पर्यटन पत्रकार मञ्चको संस्थापक सचिब तथा पुर्व अध्यक्षको नाताले केहि उपाय जानकारी दिन चाहन्छु ।

, होटल, रिसोर्ट, मोटेल, रेष्टुरेण्ट वा घरबास संचालनमा आन्तरिक पर्यटकको ठुलो महत्व राख्छ । नेपालमा सहज अवस्थामा पनि आन्तरिक पर्यटकको हिस्सा ६० प्रतिशत छ । विश्वमा यो समग्रमा हेर्ने हो भने करिब ८० प्रतिशत छ । विकसित मुलुक खासगरि, अमेरिकन वा युरोपियन जोन क्षेत्रका मुलुकहरुमा ९० प्रतिशत आन्तरिक पर्यटकको अधिकार रहन्छ । विश्वका धेरै पर्यटन व्यवसायीहरु आन्तरिक पर्यटकमा निर्भर छन् ।


, साउनदेखि विश्वको वातावरणमा केहि वदलाव आउँदैछ । खासगरि, केहि पश्चिमा मुलुकहरुले सेप्टेम्वरदेखि नै घुमफिरका लागि टिकट वुक गरेका समाचार वाहिर आएका छन् । नेपालमा साउनदेखि नै आन्तरिक पर्यटकको चहलपहललाई सुचारु गर्नुपर्छ । यो अनिवार्य हो ।


, फ्रान्स लगायतका मुलुकहरुले लकडाउनका सबै प्रक्रियाहरु अन्त्य भएको घोषणा गरिसकेका छन् । अन्तराष्ट्रिय उडानहरु संचालन हुन थालेका छन् । हामीले वाह्य पर्यटकका लागि आगमनको अपेक्षा दशैं तिहारपछि गर्नुपर्छ । त्यो भन्दा अघि गर्नुपर्ने तयारी धेरै छन् ।


, विकसित मुलुकहरुले क्वारेन्टाइनमा बदलेका होटलहरुलाई होटलकै व्यवस्थापनमा फर्काइसकेका छन् । अब उनिहरुले आन्तरिक पर्यटकलाई आर्कषित गरिरहेका छन् । नेपालका व्यवसायीले असारको मध्यदेखि आन्तरिक पर्यटकका लागि काम शुरु गर्नुपर्छ । साउनदेखि हरेक होटलमा आन्तरिक पर्यटकको सक्रियतालाई अपेक्षाकृत वनाउन जरुरी छ ।


, अहिलेको प्रमुख आवस्यकता आन्तरिक पर्यटक नै 

हो । यसका लागि पर्यटकका मुख्य स्थान, पोखरा, काठमाडौं, चितवन, लुम्वीनी र हिमालयन क्षेत्रहरुमा कोरोना संक्रमित बढि भएका स्थानका मानिसहरुको आउजाउ वन्द गर्नुपर्छ । किनकी सुरक्षित स्थानका मानिसहरु ढुक्कले घुमफिर गर्न सक्ने वातावरण सृजना गर्न जरुरी छ ।

 

, क्वारेन्टाइनमा बदलेका होटललाई होटलकै व्यवस्थापनमा तुरुन्त ल्याउनुस । सरकार र स्थानीय प्रशासनसंग समन्वय गरेर अबको एक महिनापछि आन्तरिक पर्यटनलाई प्रबर्धन गर्ने कार्यक्रम तय गर्न जरुरी छ । किनकी चाडवाड नजिकिंदै गर्दा जर्वजस्त मानिसहरुको चहलपहल बढ्ने गर्छ । अबको केहि समयसम्म कोरोना भाइरससंगको मानिसको लडाईं केवल सर्तकता मार्फत हुने हो । भागेर वा लकडाउनका खतरनाक खेलहरु विश्वबाटै बन्द हुँदैछन् ।

 

साउन १ गतेदेखि नै पर्यटन क्षेत्रलाई कसरी चलायमान वनाउने र सरकारले गर्नुपर्ने दायीत्व के हो भनेर एकजना चर्चित पत्रकार विनोद त्रिपाठीले केहि बुँदागत विवरण सार्बजनिक गरेका छन् । उनि राजनीतिक, सामाजिक क्षेत्रमा मात्र कलम चलाउँदैनन्, व्यवसायी हकहितका लागि खरो र गहन ढंगले समस्याको समाधान खोज्ने प्रयास गर्दे आएका छन् । पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा उनले लामो समय योगदान पुर्याएका छन् । पछिल्लो पटक कसैले पनि उपाय दिन नसकेको घडीमा पत्रकार त्रिपाठीले सरकार र व्यवसायीलाई संकट निवारणका विकल्प सुझाएका छन् । 

 

७, पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटकका लागि खानपान, बसाईमा व्यापक परिवर्तन गर्न जरुरी छ । सर्तकताका सम्पुर्ण प्रक्रिया अबलम्वन गर्न विर्सन हुँदैन ।

 

, युरोपमा अहिले अन्तराष्ट्रिय खेलकुदका ठुला आयोजना चलिरहेका छन् । ति आयोजनाहरु सर्तकता अपनाएर संचालित छन् । होटलहरुमा बसाईका प्रक्रियामा अझै केहि नियन्त्रित अवस्था छ । तर, घुमफिरमा युरोपियन मुलुकहरु उकालो लागिरहेका छन् । ति सबै आन्तरिक पर्यटकका कारण संभव भएका हुन् । नेपालका पर्यटन व्यवसायीले केहि समयसम्म आन्तरिक पर्यटकका लागि काम गर्नुपर्ने अनिवार्य छ । साउनदेखि पर्यटन क्षेत्रका लागि मुख्य आधार भनेको आन्तरिक पर्यटक हो । तत्काल यो वाहेक अर्को विकल्प छैन । आन्तरिक पर्यटकका लागि अहिलेदेखि नै पहल शुरु गरौंं ।