भारतमा कोरोना भाइरसबाट १३ हजारभन्दा बढीको मृत्यु,४ लाख बढि संक्रमित

आषाढ ०७,२०७७

-

असार ७,२०७७ काठमाडौं ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
 
भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार २७७ पुगेको हो ।
 
एकै दिन १५ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको ४ लाख ११ हजार ७२७ पुगेको हो ।
 
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।
 
कोराना भाइरस (कोभिड-१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।