रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

आषाढ ०८,२०७७

-

असार ८, २०७७ काठमाडौं ।
रियल सोसिडाडविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो ।
 
जिनेदिन जिदानको टोली र बार्सिलोनाको समान अंक भए पनि हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्जा गरेको हो । शुक्रबार बार्सा सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
 
खेलको दोस्रो हाफमा भिनिसियस जुनियरलाई फल हाने रियलले पेनाल्टी पाएको थियो जसलाई कप्तान सर्जियो रामोशले सजिलै गोलमा परिणत गरे । करिम बन्जेमाले खेलको ७० औँ मिनेटमा रियलको अग्रता दोब्बर बनाए । ८३ औँ मिनेटमा मिकेल मेरिनोले सोसिडाडका लागि गोल फर्काएपनि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।
 
यसअघि अदनान जानुजाजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, भिडियो एसिस्टेन्ट रेफ्री ९भीएआर० ले उक्त गोललाई रद्द गरेपछि विवादित बनेको थियो । त्यसगत्तै बेन्जेमाले रियलका दोस्रो गोल गरेका थिए । उक्त गोलमा पनि हयान्डबलको सम्भावनालाई भीएआरले खारेज गरेको थियो ।
 
सन् २०१२ मा अन्तिम पटक लिग जितेको रियल अब उपाधिबाट ८ जीत टाढा रहेको छ । बार्सिलोनाले मंगलबार एथ्लेटिक बिल्बाओको आतिथ्य गर्नेछ भने बुधबार रियल र मायोर्काबीचको खेल हुनेछ ।
 
आइतबार राति भएका अन्य खेलमा सेल्टाभिगोले आलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० गोलअन्तरले पराजित गरेको छ ।