कोरोनाभाइरसको संक्रमणबाट इराकका फुटबल खेलाडी राधीको निधन

आषाढ ०८,२०७७

-

असार ८, २०७७ काठमाडौं ।
कोरोनाभाइरसको संक्रमणका कारण इराकका चर्चित फुटबल खेलाडी अहमद राधीको निधन भएको छ । उनी ५६ वर्षका थिए ।
 
राजधानी बगदादस्थित एक अस्पतालमा उनको निधन भएको हो । गत हप्तामात्र उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
 
इराकको राष्ट्रिय फुटबल टोलबिाट खेल्दै उनले सन् १९८२ र १९९७ को बीचमा ६२ गोल गरेका थिए ।
 
सन् १९८६ मा उनले बेल्जियमविरुद्ध एक गोल गरेका थिए । विश्वकपमा इराकको त्यो पहिलो र एक मात्र गोल थियो । यस खेलमा उनको टोली १-२ गोल अन्तरले पराजित भएको थियो । तर, अहमद राष्ट्रिय हिरो बनेका थिए ।
 
सन् १९८८ मा उनी एसियन प्लेयर अफ द ईयर चुनिएका थिए ।
 
इराकमा अहिलेसम्म २ लाख ९० हजार बढी संक्रमित फेला परेका छन् भने १ हजार बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । एजेन्सी