भारतका मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीको नवौं नम्बरमा

आषाढ ०९,२०७७

-

असार ९, २०७७ काठमाडौं ।
भारतका सर्वाधिक धनी मुकेश अम्बानी विश्वका नवौं धनीको सूचीमा उक्लिएका छन् ।
 
रिलायन्स इन्ड्रस्टिचका मालिक अम्बानीको सम्पत्ति बढेर साँढे ६४ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनरी इन्डेक्सले जनाएको छ ।
 
अम्बानीले रिलायन्स डिजिटल टेक्नोलोजी आर्म र जिओ प्लेटफर्ममा साँढे १६ अर्ब लगानी बढाएपछि उनी विश्वको दश धनीभित्र परेका हुन । एशियाबाट अम्बानीमात्र विश्वका धनीभित्र पर्दछन् । यसलगत्तै अम्बानी एशियाका सर्वाधिक धनी भएका छन् ।
 
रिलाइन्सले तेल र ऊर्जामा समेत ठूलो लगानी गरेको छ । उनले जिओ प्लेटफर्मलाई इन्टरनेटको हस्ती बनाउँदै गुगल र अलिबाबालाई समेत चुनौती दिने ठानिएको छ ।