कारसाङ लामाको संगीतमा आयो‘हामी किसान’ म्युजिक भिडियो

आषाढ १०,२०७७

-

असार १०,२०७७ काठमाडौं ।
गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा ‘हामी किसान’ बोलको गीत सार्वजानिक भएको छ । 
 
बन्दाबन्दी बिच कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत सरकारलाई आग्रह गरिएको छ । गीतमा कलाकार तथा समाजसेवी बीरबहादुर तामाङको प्रस्तुती, गीतकार, गायक तथा निर्देशक बाबु जिम्बाको शब्द, गायक एंव संगीतकार कारसाङ लामाको संगीत र संगीत संयोजन रहेको छ भने बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङको स्वर रहेको छ ।
 
भिडियोलाई उनै गायक एंव निर्देशक बाबु जिम्बाले निर्देशन गरेका छन्, । भिडियो सम्पादन आशिष जिम्बाले गरेका छन ।