उत्तर कोरियाले दक्षिण कोरिया कब्जा गर्न युद्धको सुरुवात गरेको दिन आज

आषाढ ११,२०७७

-

असार ११, २०७७ काठमाडौं ।
 
सन् १९५० मा आजैका दिन उत्तर कोरियाले दक्षिण कोरिया कब्जा गर्न थालेपछि कोरियाली युद्ध सुरु भयो । ‘फादरल्यान्ड लिवरेशन वार’ नाम दिइएको यस युद्धमा सोभियत युनियन र चीनले उत्तर कोरिया तथा संयुक्त राष्ट्रसंघ र विशेषगरी अमेरिकाले दक्षिण कोरियालाई साथ दिएका थिए ।
 
दोस्रो विश्वयुद्धको अन्त्यसँगै सोभियत युनियन र अमेरिकाले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए, १५ अगस्ट १९४५ मा । सन् १९४८ मा उत्तरतर्फ सोभियत र दक्षिणतर्फ अमेरिकाको नियन्त्रण रहनेगरी मध्यभागमा सीमारेखा खिचियो । त्यसपछि दक्षिण कोरिया र उत्तर कोरिया नामका दुई सार्वभौम देश खडा भए । अमेरिका र सोभियत युनियनबीचको शीतयुद्धले सिर्जित भूराजनीतिक तनावले यस्तो अवस्था निम्त्याएको थियो ।
 
उत्तरतर्फ किम इल सुङको नेतृत्वमा कम्युनिष्ट सरकार बन्यो र दक्षिणतर्फ सिङ मेन रिईको नेतृत्वमा कम्युनिष्ट विरोधी पुँजीवादी सरकार खडा भयो । दुबै सरकारले आफुलाई पुरै कोरियाली महाद्विपको एक्लो वैद्य सरकार ठान्थे, उनीहरुले दुई देशलाई विभाजन गर्नेगरी कोरिएको सीमा रेखालाई पनि कहिल्यै स्थायी रुपमा स्वीकारेनन् ।
 
जब सोभियत युनियन र चीनको समर्थन पाएको उत्तर कोरियाली सेना सीमारेखा पार गरेर २५ जुन, १९५० मा दक्षिण कोरियामा पुग्यो, तब विवादले युद्धको रुप लियो ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले दक्षिण कोरियालाई सहयोग गर्ने गरी संयुक्त राष्ट्रसंघ कमाण्ड नामको फौज खडा गर्न स्वीकृति दियो र यो फौज उत्तर कोरियालाई परास्त गर्नका लागि परिचालित भयो । २१ वटा देशले संयुक्त राष्ट्रसंघको दस्तामा योगदान गरे, यसमध्ये ९० प्रतिशत सैनिक अमेरिकाका थिए ।
 
यस युद्धका क्रममा चारपटकसम्म उत्तर कोरियाले सिओल कब्जा ग(यो । तर जहाँबाट युद्ध सुरु भएको थियो, उनीहरुलाई त्यहीं फर्काउन दक्षिण कोरियाली सैनिक सफल भए । उत्तर कोरियामा अमेरिकाले बम खसालिरह्यो र सोभियत युनियनले पनि आफ्नो कम्युनिष्ट सहयोगीको रक्षार्थ जहाज पठाइरह्यो ।
 
तीन वर्षसम्मको युद्धपछि २७ जुलाई १९५३ मा ‘कोरियाली आर्मिस्टिक सम्झौता’मा हस्ताक्षर भयो । यस सम्झौताले कोरियाली डिमिलिट्रीलाईज्ड जोन ‘डिएमजेट’९सैन्यरहित क्षेत्र० सिर्जना ग¥यो, यही क्षेत्र दुई देशीय सीमा क्षेत्र हो । उत्तर र दक्षिण कोरिया दुबैले बन्दी बनाइएका सैनिकलाई रिहा गरे । यद्यपी, कुनै शान्ति सम्झौतामा हस्ताक्षर भएन, जसको अर्थ दुई कोरियाली देश अहिले पनि प्राविधिक रुपमा युद्धमै छन् र सधैँ एकअर्काविरुद्ध रोष पोखिरहन्छन् ।
 
अप्रिल २०१८ मा उत्तर र दक्षिण कोरियाका नेताबीच डिएमजेट अर्थात् सीमाक्षेत्रमा भेट भयो र उनीहरुबीच कोरियाली युद्धलाई सम्झौतामार्फत औपचारिक रुपमै समाप्त गर्नका लागि सहकार्य गर्ने सहमति बन्यो । यद्यपी भर्खरै उत्तरको कम्युनिष्ट सरकारको विरोध गर्दै दक्षिणतर्फबाट विद्रोहीहरुले पर्चा फालेपछि केही साता यता दुई देशबीच सम्बन्ध चिसिएको हो ।
 
आधुनिक युगका सर्वाधिक ठूला विध्वंशमध्ये कोरियाली युद्ध पनि एक हो । यस क्रममा झन्डै ३० लाखले ज्यान गुमाए । यसमध्ये ठूलो संख्या सर्वसाधारणको थियो ।  युद्धका क्रममा कोरियाका झन्डै सबै प्रमुख शहर ध्वस्त भए । दुई पक्षका सरकारले धेरै सर्वसाधारण र युद्धबन्दीलाई चरम यातना दिए, खान नदिएर हत्या गरे । यस युद्धका क्रममा अमेरिकाले उत्तर कोरियामा यति धेरै बम खसालेको थियो कि इतिहासमा उत्तर कोरिया सबैभन्दा धेरै बम खसालिएको क्षेत्रमध्ये पर्छ ।