अभिनेता सुशान्तले झुण्डिएर आत्महत्या गरेको पोस्टमार्टम रिपोर्ट सार्वजनिक

आषाढ ११,२०७७

-

असार ११, २०७७ काठमाडौं ।
 
भारतीय अभिनेता सुशान्त सिंह राजपूतले गत जुन १४ मा घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको यो असामयिक निधनको फ्यानले सहजै स्वीकार गर्न सकेका थिएनन् ।
 
निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
 
रिपोर्टमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । भारतीय मिडियाका अनुसार सुशान्त झुण्डिएपछि सास फेर्न गाह्रो भएर ज्यान गएको हो ।
 
मिडियाले पोष्टमार्टममा ५ जना डाक्टर सहभागी भएको बताएका छन् । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो ।