एक भिलेनको अन्तर्वार्ता

पचासी भन्दा बढी नेपाली चलचित्रका खलनायक नरेन्द्र थापासंगको अन्तर्वार्ता

निर्माताकै श्रीमतीमले नरेन्द्र दाई संग त रेप सिन गर्न मज्जा पो आउदो रहेछ भनेको कुराले आफ्नो अभिनय सफल......

आषाढ १३,२०७७

-पारस पोखरेल

नरेन्द्र थापा पचासी भन्दा बढी नेपाली चलचित्रमा खलनायकको अभिनय गरिसक्नु भएका सफल कलाकार हुनुहुन्छ l यसका साथै कयौ टेलिफिल्म ,नाटकहरु र पाकिस्तानी चलचित्रमा समेत उहाले आफ्नो अभिनय प्रस्तुत गर्नु भएको छ l एक सफल कलाकार जसले नेपाली चलचित्र , कला र अभिनयमा बीसौं बर्ष  खर्चिएका छन् जसको परिणाम स्वरूप स्थापित भिलेनको उपमा प्राप्त गर्न सफल हुनुभएको छ l आस्था न्युजका सम्पादक पारस पोखरेलले यिनै एक सफल भिलेन (खलनायक कलाकार ) संग गर्नु भएको भिडियो अन्तर्वार्ता l

 

कलाकारको अभिनयले नै उसलाई परिचान दिने हुदा खलनायक अर्थात् भिलेनको रुपमा चिनिन पाउदा गर्व लाग्ने बताउनुहुन्छ नरेन्द्र थापा l कति पटक त आफुलाई देखेर सडकमा मानिस आफ्नो बच्चालाई लुकाउने र डराउने गरेको बिर्सिन नसक्ने क्षणहरुको अनुभव गर्नु भएको छ उहाले l थापा भन्नु हुन्छ , “अरुको त कुरा छोडौ , स्वयम फिल्म डिरेक्टर र कलाकार पनि मेरो अभिनय देखेर म संग बोल्न डराउने गर्दथे “  l

 

तर , वास्तविक जीवनमा आफु त्यस्तो नभएको भन्दै आफु संग जब संगत गर्नु हुन्थ्यो , तब मेरो स्वभाब देखेर छक्क पर्नुहुन्थ्यो l एक पटक एक फिल्ममा निर्माताकै श्रीमतीमले नरेन्द्र दाई संग त रेप सिन गर्न मज्जा पो आउदो रहेछ भनेको कुराले आफ्नो अभिनय सफल भएको कथा सुनाउनु हुन्छ, थापा l

 

भाग्य रेखा , बलिदान , प्रेमपिण्ड जस्ता कयौ सफल चलचित्रहरुमा अभिनय गर्न पाएकोमा भाग्यमानी ठान्नुहुन्छ , नरेन्द्र थापा l साथै जीवन रहेसम्म यस क्षेत्रमा लाग्ने भन्दै भन्नु हुन्छ ‘ बरु म मर्न सक्छु , अभिनय छोड्न सक्दिन ‘ l  यी लगायत कयौ रोमान्चक अनुभब र नरेन्द्र थापाको चलचित्र जीवन कथा हेर्नुहोस अन्तर्वार्ता , आस्था न्युजमा l