नेपालमा सलह छिर्यो , के हो सलह ?

आषाढ १३,२०७७

-

काठमाडौं । भारतबाट नेपालमा सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको हो ।
 
कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवका अनुसार, सलह नेपाल छिरेको छ । थप विवरण लिने काम भइरहेको छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् । 
यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो । 
 
फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।
 
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।काठमाडौं( नेपालमा सलह किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् ।
 
नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको छ । नेपाल प्रवेश गरेको सलह कस्तो खालको सहल हो र संख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरुले अध्ययन गर्नु पर्नेछ ।
 

के हो सलह  ?

 
सलह  फट्याङ्रा जस्तै किरा हो । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ । अफ्रिकामा यो ज्यादा पाईन्छ । मरभुमि क्षेत्र इरान, इराक, पाकिस्तान र भारतका यो फैलिएको छ । नेपाल भारतको सिमानासंग जोडिएकोले यहाँ सलह प्रबेश गरेको हो ।
 
सलह किरा एक अर्कामा झुम्दै बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । यो किराले जहाँ हरियाली देख्छन् त्यही खाइदिन्छन् । जुन सिजनको बाली छ त्यही सिजनको बालीलाई सखाप पार्छ । सलह किराको बथानले करिब ३५ हजार व्यक्तिले एक दिनमा खाने खाना ३ देखि ४ घण्टामै सखाप पार्छ ।
 
सलह किरा नेपाल पस्नु अगावै सरकारले यसलाई नियन्त्रण गर्न कदम चाल्नुपर्ने देखिन्छ । यसलाई व्यवस्थापन गर्न तत्काल समूह गठन गर्नुपर्छ । कृषकहरु पनि यसबाट सचेत रहनुपर्छ । सचेत रहन सकिन्छ । जसका लागि बालीमा किराहरु उडेको छ कि छैन ख्याल राख्नु जरुरी छ । त्यसका लागि कृषकले मात्र होइन बोर्डरमा अहिले सुरक्षाका ट्राफिक प्रहरीहरु खटेका छन् । भन्सार, क्वारेनटिन लगायत सबै कार्यालयले यस्ता किरा उडेर आएको छ कि छैन सम्बन्धित स्थानीय, प्रदेश वा केन्द्रीय सरकारलाई खबर गर्नुपर्ने हुन्छ ।