लकडाउनमा डाक्टर केसीले दुर्गम जिल्लामा शिविर सञ्चालन गरेपछि स्थानिय खुसी

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं ।
लकडाउनकै बीच डा गोविन्द केसीले हुम्लाको ताजाकोट गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा झन्डै डेढ सय बिरामीको उपचार गरिएको छ ।
 
केसी हिँडेरै ताजाकोट पुगेका हुन् । सुदूरपश्चिमको दार्चुला, डडेल्धुरा, बाजुरा हुँदै उनी हुम्ला पुगेका थिए । सामाजिक दूरी कायम गर्दै स्थानीयलाई हाडजोर्नीसम्बन्धी उपचार प्रदान गरेको केसीले बताए ।
 
ताजाकोट गाउँपालिकाको महिला स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । गाउँमै डाक्टर पुगेपछि विपन्न बिरामीले वर्षौपछि उपचार पाएको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए ।