सरकारले सिमानामा सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट थप गर्ने

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं।
 
सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ ।
 
नेपालका भारत र चीनसँग सीमा जोडिएका विभिन्न ११४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने योजना अनुरुप काम अगाडि बढाइएको हो ।
 
हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको लोमानथाङमा र दार्चुलाको छाङरुसहित सीमानाका २५ स्थानमा यसअघि नै बीओपी स्थापना भइसकेका छन् ।
 
थप ८९ वटा स्थानमा बीओपी राख्नका लागि सशस्त्र प्रहरीले कतिपय ठाउँमा जग्गाको पनि टुंगो लगाइसकेको छ भने केही स्थानमा भाडाको घरमा बस्ने योजना बनाएको छ।