कोरोनाविरुद्धको खोप विकासमा सकारात्मक नतिजा प्राप्त भएको चिनको घोषणा
-
असार १४,२०७७ काठमाडौं।
नोभेल कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको चिनियाँ नेसनल फार्मासिटकल ग्रुप (सिनोफार्म) बाट सम्बोधन प्राप्त इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडकले खोप विकासमा सकारात्मक नतिजा प्राप्त भएको आइतबार घोषणा गरेको छ ।
कोरोना संक्रमितको संख्या विश्वव्यापीरुपमा एक करोड पार गरेपछि चिनियाँ समयानुसार आइतबार बेलुका ६:३० बजे खोप विकासको पछिल्लो अपडेट सार्वजनिक गरिएको हो ।
यसअघि १६ जुनमा सिनोफार्मले कोरोना निस्क्रिय पार्ने पहिलो खोप विकास भएको दाबी गरेको थियो । कोभिड-१९ इनएक्टिभेटेड खोपको पहिलो र दास्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको बताएको थियो ।
२३ जुनमा सिनोफार्मले संयुक्त अरब इमिरेट्ससँग मिलेर तेस्रो चरणको परीक्षणका लागि तयार रहेको घोषणा गरेको थियो ।
कोरोना निस्क्रिय पार्ने चारमध्ये तीन खोप चीनमा विकास भइरहेका छन् । यससँगै उक्त खोपको क्लिनिकल परीक्षणको पहिलो दुई चरणहरूमा गम्भीर प्रतिकूल प्रभावको कुनै केस नदेखाएको समेत जनाइएको छ ।
यस खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने दाबी गरिएको छ । १८ देखि ५९ वर्ष उमेर समूहका एक हजार १२० स्वयंसेवकमा गरिएको यस खोपको परीक्षणमा उनीहरुमा कुनै दुष्प्रभाव नदेखिएको र एन्टिबडीलाई निस्क्रिय पारेको जनाइएको छ ।
सिनोफार्मले जारी गरेको विज्ञप्ति भनिएको छ, कोरोना भाइरविरुद्धको अहिलेसम्मकै यो बृहत् र प्रभावकारी क्लिनिकल अध्ययन हो ।
गत अप्रिल १२ मा यस इनएक्टिभेटेड भ्याक्सिनले पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति पाएको थियो । यससँगै सिनोफार्मले तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि मुलुकबाहिरका खोप उत्पादकहरु र अनुसन्धानकर्ताहरुसँग सहकार्य गर्ने जनाइएको छ ।
सिनोफार्मले आपतकालीन आवश्यकतामा प्रयोगका लागि कोरोनाविरुद्धको खोप उत्पादनका उच्चस्तरीय जैविक(सुरक्षायुक्त प्रयोगशालामा स्थापना गरिसकेको छ ।
चीनले विभिन्न पाँच समूहमा कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ । जसमा कोरोना निस्क्रिय खोप, प्रोटिन पुनःसंयोजन गर्ने खोप, इन्फ्लुएन्जा निर्मुल पार्ने खोप, एडेनोभाइरस खोप र न्युक्लिक एसिडमा आधारित खोपको विकास गरिरहेको छ । ग्लोबल टाइम्समा खबर छ ।