आर्सनल एफए कपको फुटबलको सेमिफाइनलमा प्रवेश

आषाढ १५,२०७७

-

असार १५, २०७७ काठमाडौं ,
आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो ।आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरे ।
 
सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई १-१ गोलको बराबरीमा ल्याए ।
 
त्यसपछि खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।
 
यसअघि म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ ।