भरतपुर अस्पतालमा २९ जनामा कोरोना संक्रमण पुष्टि

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउँदै थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
 
सोमबार परिक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड-१९ पुष्टि भएको छ र बाँकी ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जनाएको छ ।
 
नयाँ थपिएका संक्रमितहरु अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, गोदावरी न।पा।कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड-१९ पुष्टि भएको हो ।