‘रोगले होइन, भोकले मर्ने’भन्दै बिहानै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

आषाढ १६,२०७७

-

असार १६, २०७७ काठमाडौं ।
 
लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।
 
ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसे र प्रदर्शनमा उत्रिएका हुन । 
 
सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सोमबार मात्रै सरकारले हालको लकडाउनको मोडालिटिलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।