सिरि ए फुटबलमा जेनोआलाई हराउँदै युभेन्ट्सको अग्रता

आषाढ १७,२०७७

-

असार १७, २०७७ काठमाडौं ।
सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३-१ गोल अन्तरले हराएको छ ।
 
मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।
 
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५० औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।
 
त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले यस सिजन सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । ड्युगलस कोस्टाले ७३ औ मिनेटमा पाहुना टोलीलाई ३–० ले अघि बढाए ।
 
घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।
 
शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जोडेको छ।