रोटा खोप कार्यक्रम सुरु

आषाढ १८,२०७७

-

असार १८,२०७७ काठमाडौं ।
सरकारले आजबाट नयाँ रोटा खोपको शुभारम्भ गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रम मार्फत देशैभर मासिक करिव १६ हजार खोप केन्द्र मार्फत ११ वटा रोगको विरुद्धमा १५ महिना सम्मका बालबालिकाहरुलाई निशुल्क रुपमा खोप सेवा प्रदान गर्दै आएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज एक कार्यक्रमका बिच रोटा खोप अभियानको शुभारम्भ गरेका हुन् ।
 
कार्यक्रममा मन्त्री ढकालले बार्षिक करिव छ लाख तिस हजार भन्दा धेरै बालबालिकालाई संक्रामक तथा प्राण घातक रोगहरु बाट सुरक्षा गरिरहेको पनि जानकारी दिए ।
 
नेपाल सन् २०१० देखि पोलियो शुन्य अवस्था रहि हामी पनि पोलियो उन्मुलनको तयारीमा रहेको साथै संक्रामक र बालमृत्युको प्रमुख कारकको रुपमा रहेको दादुरा रुवेला जस्तो घातक रोग नियन्त्रण गरि सन् २०२३ सम्ममा दक्षिण एसियाबाट निवारण गर्ने लक्षका साथ तयारी भै रहेको जानकारी दिए ।
 
खोप सेवाको माध्यमवाट रोगहरुको नियन्त्रण, निवारण र उन्मुलन गरि बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमि ल्याई स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान गर्नु नै खोप कार्यक्रमको मुख्य लक्ष रहेको उनले बताए ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोपसेवामा रोटा भाईरस विरुद्धको नयांखोप र सरसफाई प्रवद्र्धन कार्यक्रम  शुरुवात गर्ने घोषणा गरेको छ । 
 
 झाडापखालाको कारणमध्ये करिव ३० प्रतिशत कारण रोटा भाईरस भएको र अन्य धेरै कारणहरु बाट समेत झाडापखाला हुने गर्दछ । 
 
झाडा पखाला रोकथाम तथा नियन्त्रण गर्न खोप वाट  मात्र सम्भव नहुने हुंदा शिशु तथा वालपोषणमा सुधार गर्न र सरसफाईमा प्रवर्धन गर्न यसै आ.व. देखि नियमित खोप सेवामा रोटा खोप संगै सरसफाई प्रवर्धन कार्यक्रम लाई समावेश गरिएको घोषणा गरिएको हो ।