आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमण नभएको उत्तर कोरियाली नेता किमको दाबी
-
असार १९,२०७७ काठमाडौं ।
उत्तर कोरियाली नेता किम जङ उनले कोभिड-१९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको सफलताको प्रशंसा गरेका छन् ।
पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर अवस्था कायम गरेको बताएको राज्य नियन्त्रित समाचारसंस्था केसीएनएले जनाएको छ।
कोरोनाभाइरस संसारभरि फैलिरहेको बेला छ महिनाअघि उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै हजारौँ मानिसलाई क्वारन्टीनमा राखेको थियो।
उत्तर कोरियाले आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमण नभएको दाबी गरेको छ। तर विश्लेषकहरू यो असम्भव भएको मान्छन्।
किमले बिहीवार पोलिटब्यूरो बैठकमा महामारीविरुद्धको छ महिना लामो राष्ट्रिय सङ्कटकालीन कामको विस्तृत विश्लेषण गरेको बताइएको छ।
उनले पार्टीको केन्द्रीय समितिको दूरदर्शी नेतृत्वले कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएको उल्लेख गरिएको छ। बीबीसी