यो वर्षको बोलबम मेला पनि स्थगित्

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
यो वर्षको एक महिनाभर लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित् गरिएको छ ।
 
बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ॐ बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यो वर्षको श्रावणी मेला स्थगित् गरिएको जानकारी गराएका हुन् । 
 
बोल बम काँवरिया संघका कार्यवाहक अध्यक्ष विश्वनाथ प्रसाद गुप्ताले कोरोनाकै कारण मेला स्थगित् गरेको बताए ।