आर्थिक प्रसङ्ग
आषाढ २६,२०७४
-
२६ असार,काठमाडौँ-
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७४ असार १९ गतेबाट आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै कबिलासी – ९, गैर, सर्लाहीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले यसअघि भोजपुर, कैलाली, मोरंङ, खोटाङ्ग, रौतहट, कंचनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको छ । बैंकले हाल ५३ वटा शाखा, ३४ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
निकट भविष्यमा सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको प्राप्ती पश्चात् सेञ्चुरी बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा भई बैंकको सेवा अझ बढी विस्तार हुनेछ ।
प्रमुख समाचार