कृषि क्रेडिट कार्ड जारी गरिने

श्रावण ०२,२०७७

-

साउन २,२०७७ काठमाडौं ।
कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो ।
 
यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले यस कुराको जानकारी दिए ।
 
कृषि क्षेत्रको कर्जा परिचालन गर्न कृषि बैंकलाई अगुवा बैंक बनाइने कृषि विकास बैंक मार्फत कृषक कार्ड परिचालन गरिने भएको छ । २०८१ असाढ मसान्तसम्म बैंकहरुले आफ्नो कुल कर्जाको न्यूनतम १० प्रतिशत उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने छ ।
 
कोभिड-१९ बाट अति प्रभावित पर्यटन क्षेत्र पुनरुउत्थानको लागि कर्जा परिचालनमा प्राथमिकता दिने सहुलियतपूर्ण कर्जा परिचालनका लागि प्रदेशगत रुपमा संख्याको सीमा तोकिएको छ ।