Trending :
 

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट इंग्ल्यान्डले जित्यो

श्रावण ०६,२०७७

-

साउन ६, २०७७ काठमाडौं ।
 
इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सोमबार पाँचौं तथा अन्तिम दिन १ सय १३ रनले जितेको छ । यससँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिज १-१ को बराबरीमा पनि ल्याएको छ ।
 
वेस्ट इन्डिजले जितका लागि आफ्नो दोस्रो इनिङ्समा ३ सय १२ रनको लक्ष्य पाएको थियो । त्यस अगाडि टिम १ सय ९८ रन बनाएर अलआउट भयो । इंग्ल्यान्डका लागि स्टुवार्ट ब्रोडले ४२ रन खर्चेर तीन विकेट लिए ।
 
यसअघि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स तीन विकेट गुमाएर १ सय २९ रनमा टुंगेको घोषणा गरेको थियो ।