Trending :
 

२४ घण्टामा ४ हजार बढि कोरोना संक्रमितको मृत्यु

श्रावण ०८,२०७७

-

साउन ८,२०७७ काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजार २८६ जनाको मृत्यु भएको छ । 
 
यो अघिल्लो २४ घण्टाको तुलनामा केही धेरै हो । अघिल्लो २४ घण्टामा ४ हजार ८३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 
 
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख १२ हजार ५४ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ४७ लाख ६५ हजार २५६ पुगेको छ ।  
 
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।