Trending :
 

कोरोनाभाइरस पत्ता लगाउन कुकुरको सहायता

श्रावण ०९,२०७७

-

साउन ९, २०७७ काठमाडौं ।
कुकुरले सुँघेर कोरोनाभाइरस पत्ता लगाउन सक्छन् । जर्मनीमा अनुसन्धानकर्ताले आफूहरु ‘स्नाइफर डग्स’ अर्थात् सुँघ्न सक्ने कुकुरलाई कोरोनाभाइरसको पत्ता लगाउन सिकाउन सफल भएको दाबी गरेका छन् ।
जर्मनीको हेनोवर शहरस्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा भएको अनुसन्धानमा एक हप्ताको तालिमपछि आठ कुकुरले ९४ प्रतिशत मामिलामा संक्रमित र बिना संक्रमित स्याम्पलका फरक छुट्याउन सफल भएको पत्ता लागेको छ ।
 
अनुसन्धानकर्ताका अनुसार यो खोजको प्रयोग एयरपोर्ट र खेल मैदानजस्तो सार्वजनिक स्थानमा कोरोनाभाइरसको संक्रमणको पहिचान गर्न सकिने छ ।
 
बेलायतसमेत अन्य देशमा पनि स्नाइफर कुकुरको मद्दतले कोरोनाभाइरसको पहिचान गर्न सकिन्छ कि भनेर अनुसन्धान चलिरहेको छ ।
 
स्रोतः बीबीसी